११ माघ, काठमाडौं । कुवेतमा कार्यरत अवैध नेपाली कामदारलाई आममाफीसहित स्वदेश फर्काउने प्रक्रिया सुरु भएको छ।
कुवेतस्थित नेपाली दूतावासले गैरकानुनी रुपमा बसेका नेपाली कामदारलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको छ ।
दूतावासले एक सूचना जारी गर्दै गैरकानूनी भएका कामदार जरिवाना तिरेर स्वदेश फर्कन वा भिसा लगाएर कवेतमै बस्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
कम्पनी वा रोजगारदाताको घरबाट भागेको उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्नले भने स्वदेश फिर्ताको प्रक्रिया अघि बढाउन नसक्ने दूतावासले जनाएको छ ।
अन्यले भने आ-आफ्नो पासपोर्ट वा दूतावासबाट जारी गरिएका यात्रा अनुमति-पत्रसहित कुवेतका ६ वटै गभर्नरेटका आफुलाई पायक पर्ने भिसा कार्यालयमा जरिवाना तिरेर स्वदेश र्फकन सकिने सूचनामा उल्लेख छ ।
भिसा कार्यालयमा गएर फिङ्गरप्रिन्ट गराएर प्रक्रिया पुरा गरी स्वदेश र्फकन सकिने छ । यसका लागि पुरानो रोजगारदाताकाे अनुमति आवश्यक नपर्ने दूतावासले जनाएको छ ।
तर भिसा लगाएर कुवेतमै बस्न चाहानेले पुरानो रोजगारदाताबाट अनुमति लिएर नयाँ रोजगारदाता मार्फत भिसा लगाउन सक्नेछन् ।
उजुरी परेका कुनै पनि अपराधमा संलग्न कामदार स्वदेश र्फकन चाहेमा डिपोर्टेसन प्रक्रियाबाट मात्रै र्फकन सक्ने सूचनामा उल्लेख छ ।
स्वदेश फर्कन चाहानेले प्रतिदिन २ केडीका दरले अधितम ६ सय केडीसम्म जरिवाना तिर्नुपर्ने पर्नेछ । कुवेत सरकारले गैरकानूनी रुपमा बसेका विदेशीहरुलाई स्वदेश र्फकन समयावधि भने तोकेको छैन् ।
0 comments:
Post a Comment